कञ्चनपुरमा फरार अभियुक्तविरुद्ध प्रहरीको कडाइ, ७१ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ :अदालतबाट सजाय तोकिएर फरार रहेका ७१ जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत वैशाखदेखि असारसम्म विभिन्न मुद्दाका फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अदालतमा बुझाइएको हो। पक्राउ पर्नेमा ज्यानसम्बन्धी अपराध, लागुऔषधलगायतका मुद्दाका अभियुक्त रहेका छन्।

प्रहरीले फरार अभियुक्तको खोजीलाई तीव्र बनाउँदै सादा पोसाकमा समेत टोली परिचालन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *