रौतहट कारागारबाट फरार कैदी पोखरामा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

गण्डकी प्रदेशको पोखरामा प्रहरीले रौतहट कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ। ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो।

हाडनाता जबर्जस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएका ३० वर्षीय केदार परियारलाई पृथ्वीचोक क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय कास्कीमा बुझाइएको छ। बाँकी कैद सजाय भुक्तानका लागि थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *