एमाले केन्द्रीय कमिटी बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ८

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा १५ देखि १७ असोजसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तामाङले जानकारी दिए ।

यस्तै विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी बैठकले पारित गर्ने पनि तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *