एमाले सुधार योजनामाथि छलफल, ओली कार्यदल बैठकमा सहभागी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ : नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले प्रदेशस्तरबाट संकलन गरिएका सुझावका आधारमा प्रतिवेदन तयार गरिरहेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्।

कार्यदलको प्रतिवेदन आगामी केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *