चाडपर्वमा सडक सुरक्षामा ट्राफिकको विशेष ध्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

काठमाडौं । दसैँ–तिहारमा यात्रुको चाप बढ्ने अनुमानसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सडक निगरानी र जाँचलाई तीव्र पारेको छ।

नयाँ बसपार्क, नागढुङ्गा र कोटेश्वरलगायत क्षेत्रमा सार्वजनिक सवारीसाधनको अवस्था परीक्षण, मापसे जाँच र माइकिङमार्फत सचेतना फैलाउने काम भइरहेको छ।

प्रहरीले चालकलाई तीव्र गति र लापरबाहीबाट जोगिन तथा यात्रुलाई ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *