उपत्यकामा ट्राफिकको कडाइ, एकैदिन १ हजार २४७ चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध प्रहरीले कारबाही अभियानलाई निरन्तरता दिएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार २४७ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको सवारी जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको हो।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ५६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीबाट पहिचान भएका ७८ जना र रातोबत्ती उल्लंघन गर्ने ५१ जना चालकलाई कारबाही गरिएको छ।

यस अवधिमा तीव्र गतिमा सवारी चलाउने १६८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ४० जना र लेन अनुशासन उल्लंघन गर्ने ४१ जना चालक पनि कारबाहीमा परेका छन्।

त्यसैगरी, सवारीको अवस्था ठीक नभएका ४२ जना, एकतर्फी सडकको नियम उल्लंघन गर्ने १७ जना र अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने ७५४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *