काठमाडौं — दसैं नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट बाहिरिनेको चाप तीव्र बन्दै गएको छ। घटस्थापनाको दिनदेखि हालसम्म मात्र करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडिसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
विद्यालय तथा कलेजहरूमा बिदा सुरु भएसँगै उपत्यका छोड्नेहरूको भीड विशेषगरी गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायतका प्रमुख नाकाहरूमा देखिएको छ। गोंगबु बसपार्कमा बिहानैदेखि यात्रुहरूको लामबद्ध भिड देख्न सकिन्छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यस वर्ष अग्रिम टिकट बुकिङ व्यवस्था नभए पनि यात्रुलाई सहज बनाउन एक दिनअगाडिकै टिकट उपलब्ध गराइएको छ। यही कारण बसपार्कमा टिकट लिन आउने यात्रुहरूको चाप झनै बढेको हो।
प्रहरीले यात्राको सहजताका लागि विभिन्न नाकाहरूमा ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ। दसैंको मुखमा यो चाप अझै बढ्ने अनुमान गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्