हर्क साम्पाङले उठाए सुशासनको प्रश्न, शहीदको सपना पूरा हुन बाँकी रहेको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २३

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकमा अपेक्षित परिवर्तन अझै पूर्ण रूपमा देखिन नसकेको बताएका छन्।

जेनजी शहीद दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले आन्दोलनको एक वर्ष पूरा भएको उल्लेख गरेका छन्। उनले आन्दोलनका क्रममा जीवन बलिदान गर्ने सबै जेनजीप्रति सम्मान व्यक्त गरेका छन्।

साम्पाङको भनाइमा आन्दोलनले खोजेको परिवर्तन केवल सरकार निर्माणमा सीमित हुनु हुँदैन। शहीदहरूले कल्पना गरेको व्यवस्थामा सुशासन र देशको हित प्रमुख विषय बन्नुपर्ने उनको धारणा छ।

उनले देशको माटो तथा स्वाधीनताको रक्षाका लागि उठेको आन्दोलनको मर्मलाई आगामी दिनमा पूरा गर्नुपर्ने बताएका छन्। आन्दोलनको उद्देश्य अन्ततः सफल हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा सन्देश राख्दै साम्पाङले शहीदको चाहनाअनुसार सरकार बनेको हुन सक्ने भए पनि उनीहरूले खोजेको सुशासन भने अझै हासिल हुन नसकेको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *