तोकिएकै मितिमा चुनाव गराउनु सरकारको मुख्य दायित्व रहेको गृहमन्त्रीको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सकारको मुख्य दायित्व रहेको बताएका छन् ।

जनकपुरधाममा बुधबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री अर्यालले यो नागरिक सरकार २३ र २४ भदौको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेनजी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको बताएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजको गोष्ठीले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने सुरक्षा रणनीति र निर्वाचन सफल पार्न फलदायी हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री यादवले हालै तराईका केही क्षेत्रमा देखिन खोजेको धार्मिक साम्प्रदायिकता र जेनजी आदोलनपछि भएका भौतिक पूर्वाधारमा क्षति, लुटिएका हतियार र फरार कैदीबन्दी जस्ता सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गरी समान धारणा बनाउने बताए ।

उनले प्रदेश प्रहरी समायोजन र संघीय प्रहरी ऐनको आवश्यकता औंल्याउँदै, प्रदेशको प्रहरी भएन भन्ने नकारात्मक भाष्य बन्दै गएको र सङ्घको प्रहरी प्रदेशको अर्थात् (हाम्रो) हुन नसकेको प्रति कटाक्ष गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *