बानेश्वरमा ड्युटीमा रहेकी प्रहरीमाथि दुर्व्यवहार, युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ९

काठमाडौँ : नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ का २७ वर्षीय राज कठायत रहेका छन्। उनी काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सडकबाट बाटो काटिरहेका कठायतलाई आकाशेपुल प्रयोग गर्न आग्रह गरेपछि विवाद भएको थियो। विवाद बढ्दै जाँदा उनले ड्युटीमा रहेकी महिला प्रहरीमाथि हातपात गरेको आरोप छ।

कठायतलाई नियन्त्रणमा लिएर बानेश्वर प्रहरी वृत्तको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *