|
२०८२ मंसिर १७
काठमाडौँ, १७ मंसिर २०८२ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीमाथि आक्रमण गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।
गत भदौ २४ गते, जेनजी प्रदर्शनीका बेला काठमाडौँ–२४ विशालबजारमा खटिएका प्रहरीमाथि उनीहरूले घेराबन्दी गरी कुटपिट गरेको र प्रहरीसँग रहेको धनमाल लुटेको अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेमा काठमाडौँ–२० चिकामुगल बस्ने ४१ वर्षीय नीरज चित्रकार र काठमाडौँ–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन्।
प्रहरी प्रवक्ता, एसपी काजीकुमार आचार्यले बताए अनुसार, पक्राउ परेकामाथि आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। अनुसन्धानमा खुलेअनुसार नीरज चित्रकारमाथि पहिले पनि ज्यान मार्ने मुद्दा चलिसकेको रहेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्