प्रहरीलाई गालीगलौज गर्ने युवक काठमाडौंबाट पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १५

काठमाडौं — ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–५ निवासी ३६ वर्षीय नेवाङ्ग तामाङ रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङले कार्यरत प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *