महिलामाथि दुर्व्यवहार आरोपमा रास्वपा स्थानीय नेता पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

जाजरकोट, जेठ १८ । जाजरकोटमा एक महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कुशे गाउँपालिका समिति सभापति मोहनविक्रम शाही रहेका छन्। उनलाई स्वास्थ्य चौकी परिसरमा एक महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *