संविधान र गणतन्त्रको रक्षा गर्न प्रचण्डको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडाैँ :   नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा संविधानको मूल भावना र लोकतान्त्रिक व्यवस्थाको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले संविधानका मूल्य र उपलब्धिमाथि सम्झौता गर्न नहुने उल्लेख गर्दै कार्यान्वयनमा देखिएका कमजोरी सुधार्न आवश्यक रहेको बताए।

उनले राजनीतिक मतभेद भए पनि राष्ट्रिय हितका विषयमा सहकार्य र एकता जरुरी रहेको धारणा राख्दै सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिसहित आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *