कम्युनिस्ट शक्ति एकताबद्ध हुनुपर्ने प्रचण्डको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताएका छन्।

नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनले पछिल्लो समय चुनौती सामना गरिरहेको भन्दै पुराना नेताहरूको योगदानबाट प्रेरणा लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखे।

उनले राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष र जनमुखी राजनीतिका लागि एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *