|
२०८२ माघ २९
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र र संविधानको रक्षासँग जोडिएको महत्वपूर्ण अवसर बताएका छन्।
बुर्तिबाङमा आयोजित कार्यक्रममा उनले असामान्य राजनीतिक परिस्थितिका कारण समयअगावै निर्वाचन हुनुपरेको उल्लेख गरे। भदौ २३–२४ का घटनाले देश संकटमा पर्न सक्ने खतरा देखिएको दाबी गर्दै उनले त्यतिबेला नेतृत्वको पहलले स्थिति नियन्त्रणमा आएको बताए।
विश्व शक्तिहरूको प्रतिस्पर्धामा नेपाल प्रयोग हुन सक्ने जोखिम रहेको उल्लेख गर्दै उनले “साँढेको जुधाई, बाच्छाको मिचाई नहोस्” भन्दै सबैलाई सजग रहन आग्रह गरे।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्