पूर्वमाओवादी शक्तिलाई एक ठाउँमा आउन प्रचण्डको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित अवस्थामा रहेका पूर्वमाओवादी धारका सबै शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आत्मसमीक्षा गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन सबैलाई आग्रह गरे।

देश कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै दाहालले समृद्धि र कम्युनिष्ट आन्दोलनको संरक्षणका लागि पुनः एकतामार्फत शक्ति बढाउनुपर्ने बताए। विभाजित पूर्वमाओवादीहरूको स्वाभाविक गन्तव्य यही पार्टी भएको उनको भनाइ थियो।उक्त कार्यक्रममा नेकपा माओवादी (एकता पक्षधर) समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *