कैलालीमा हाईस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २

काठमाण्डौँ । कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

हाईस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। हाईस धनीलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *