महोत्तरीमा खेत जोत्ने क्रममा दुर्घटना, दुई बालिकाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

जनकपुरधाम, माघ २९ — महोत्तरीको मटिहानी नगरपालिका–४ मा ट्याक्टर दुर्घटनामा परेर दुई बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार खेत जोतिरहेको ज १ त ९७८२ नम्बरको ट्याक्टरमा सवार ७ वर्षीया फरहाना खातुन र ८ वर्षीया रफिया खातुन अचानक खसेपछि रोटाभेटरले गम्भीर चोट पुर्‍याएको थियो। घटनास्थलमै दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक फरार रहेका छन् भने सवारी साधन नियन्त्रणमा लिइएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *