|
२०८२ मंसिर ४
काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा भइरहेको सडक यात्रामा दुःखद घटना घटेको छ। चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त–५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते भएका विकलाई नलगाड नगर अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा नै उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्