काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो (भारतीय) गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ५० रुपैयाँ र सानो भारतीय गोलभेँडा ५२ रुपैयाँ कायम भएको छ। त्यस्तै रातो आलु २२ रुपैयाँ, मुडे आलु २४ रुपैयाँ र भारतीय सुकेको प्याज ३६ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
अन्य तरकारीतर्फ गाजर ४०–५० रुपैयाँ, बन्दा २०–३० रुपैयाँ, काउली २५–३५ रुपैयाँ र मूला १५–३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ। भन्टा ४५–६० रुपैयाँ, घिउ सिमी ३५–७० रुपैयाँ तथा भिन्डी ११० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फलफूलतर्फ स्याउ २५०–३०० रुपैयाँ, केरा प्रतिदर्जन २०० रुपैयाँ, कागती २६० रुपैयाँ र अङ्गुर २२०–३२० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
समितिले दैनिक रूपमा बजारमा आउने कृषिउपजको आपूर्ति र मागका आधारमा थोक मूल्य निर्धारण गर्दै आएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्