अर्घाखाँचीमा दुर्लभ गिद्ध संरक्षणमा नयाँ सफलता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १३

अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष चार प्रजातिका दुर्लभ तथा संकटापन्न गिद्धले सफल प्रजनन गरेका छन्। विभिन्न क्षेत्रमा बनेका गुँडबाट ३३ वटा बचेरा सुरक्षित रूपमा उड्न सफल भएको गिद्ध संरक्षणकर्मीहरूले बताएका छन्।

वन क्षेत्रको संरक्षण, पर्याप्त खाद्य उपलब्धता र स्थानीय समुदायको सक्रिय सहभागिताले गिद्ध संरक्षणमा सकारात्मक नतिजा देखिएको अधिकारीहरूको भनाइ छ। यस उपलब्धिले अर्घाखाँचीलाई गिद्ध संरक्षणका लागि महत्वपूर्ण क्षेत्रका रूपमा थप स्थापित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *