आजको तरकारी–फलफूलको थोक मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ११

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्सिर ११ गतेका लागि तरकारी तथा फलफूलको नयाँ थोक मूल्य सूची सार्वजनिक गरेको छ। आजको मूल्य सूचीअनुसार गोलभेडादेखि आलु, काउली, विभिन्न सागसब्जी र फलफूलसम्म अधिकांश बस्तुमा सामान्य उतार–चढावसहित मूल्य कायम गरिएको छ।

समितिमुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १४० रुपैयाँ तोकिएको छ भने गोलभेँडा सानो (लोकल) ११० रुपैयाँ, टनेल उत्पादन १२० रुपैयाँ र भारतीय तथा तराई गोलभेँडा क्रमशः ११५ र १२० रुपैयाँमा कारोबार हुने छ।

आलु रातो ६० रुपैयाँमा, आलु सेतो ४० रुपैयाँमा तथा भारतीय रातो आलु ४५ रुपैयाँमा तोकिएको छ। त्यस्तै प्याज (भारतीय) ३४ रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ।

गाजर, काउली, मूला, भन्टा, मटरकोसा, घिउसिमी, करेला, फर्सी, भिन्डीजस्ता दैनिक उपभोग्य तरकारीमा पनि थोक मूल्य आज सामान्य दरमै रहेको समितिको विवरणमा उल्लेख छ।
कालीमाटी बजारले सार्वजनिक गरेको विवरणअनुसार केही तरकारी—जस्तै च्याउ, जिरीको साग, पुदीना, पार्सले र कुरीलो—उच्च मूल्य श्रेणीमा पर्छन्।

फलफूलतर्फ स्याउ, कागती, अनार, सुन्तला, किवी, शरीफा, नासपाती, मेवा, अम्बा, स्ट्रबेरी–भुईँऐसेलु लगायतका वस्तुहरू पनि आजको सूचीअनुसार न्यूनतमदेखि अधिकतम मूल्यसँगै औसत दरमा सूचीकृत छन्।

आजको मूल्य सूचीकै अनुसार केही फलफूल—विशेषगरी किवी, आभोकाडो र जुनार—उच्च मूल्य वर्गमा परेका छन्।
समितिले हरेक दिनजसो बजार आपूर्ति र मागअनुसार मूल्य समायोजन गरी सूचना प्रकाशन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *