रास्वपा अझै व्यक्तिकेन्द्रित रहेको पोखरेलको टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १३

काठमाडौं, असार १३ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको निर्वाचन परिणामलाई आधार बनाउँदै पार्टी अझै संस्थागत रूपमा बलियो बन्न नसकेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनको नतिजाले पार्टीमा केही सीमित व्यक्तिप्रतिको समर्थन बढी देखिएको दाबी गरे। विगतमा रास्वपाले उठाएको ‘नो भोट’ को प्रसंग जोड्दै पोखरेलले व्यंग्यात्मक शैलीमा परिणामको व्याख्या गरेका हुन्।

महाधिवेशनपछि सार्वजनिक भएको निर्वाचन नतिजालाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्ने क्रम जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *