काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२३ माघ) का लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
आज गोलभेँडाको मूल्यमा ठूलो अन्तर देखिएको छ । ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ पुगेको छ भने सानो लोकल गोलभेँडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो ३० र भारतीय आलु २७ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ काउली ४५ देखि ७०, बन्दा ४० देखि ६०, गाजर ७०, सेतो मूला १८ देखि २२ र भन्टा ५५ देखि ७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। हरियो सागसब्जीमा रायोसाग ३५, पालुङ्गो ५० र तोरीसाग २० रुपैयाँ प्रतिकिलो छ।
फलफूलमा स्याउ २५० देखि ३२०, केरा दर्जनको १८०, सुन्तला १८०, अंगुर २५० देखि ४४० र स्ट्रबेरी ५५० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
मसलातर्फ अदुवा १२०, सुकेको खुर्सानी ४२०, अकबरे खुर्सानी ५५० र लसुन (चाइनिज) २२० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ।
समितिले तोकेको यो मूल्य आज कालीमाटी बजारमा लागू हुनेछ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्