रौतहटमा मदिरा सेवनपछि झगडा, युवकलाई छुरा प्रहार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

रौतहट ।  रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मदिरा सेवनपछि भएको विवादमा एक युवक घाइते भएका छन्। बुधबार साँझ स्थानीय २२ वर्षीय राकेश कुमार दासमाथि २१ वर्षीय अवधेश कुमार दासले छुरा प्रहार गरेका हुन्।

छुरा प्रहारबाट राकेशको पिठ्यु र अनुहारमा चोट लागेको छ। उनलाई उपचारका लागि कटहरियास्थित सामुदायिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ चिकित्सकले १० वटा टाँका लगाएका छन्।

घटनापछि प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। छुरा प्रहारमा संलग्न आरोपी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *