अवैध सुर्तीजन्य सामग्रीसहित पाकिस्तानी नागरिक विमानस्थलबाट नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १९

काठमाडौँ, असार १९ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुर्तीजन्य पदार्थ र अन्य सामग्रीसहित एक पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

कतार एयरवेजमार्फत काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय शाहिद महमूदलाई अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा गरिएको सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनको लगेजबाट रजनीगन्धा, पान पराग, कट्थालगायत करिब २ लाख १ हजार रुपैयाँ बराबरका सुर्तीजन्य पदार्थ तथा अन्य सामग्री बरामद गरिएको छ।

पक्राउ परेका महमूदलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *