|
२०८३ असार १९
कपिलवस्तु, असार १९ — कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मायादेवी गाउँपालिका–७ रतनपुरका ३२ वर्षीय रमेश यादवको बिहीबार राति करेन्ट लागेर ज्यान गएको हो।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्