|
२०८३ असार १९
काठमाडौँ, असार १९ — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारका सय दिनका काम जनताले प्रत्यक्ष रूपमा महसुस गर्न नसकेको बताएका छन्।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरेर शुक्रबार काठमाडौँ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
साम्पाङका अनुसार सरकारले केही प्रयास गरे पनि त्यसको परिणाम जनतासम्म प्रभावकारी रूपमा नपुगेको देखिएको छ। महँगी नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले जनजीवनमा पर्ने असरबारे सरकार अझ गम्भीर हुनुपर्ने धारणा राखे।
उनले दार्चुलाजस्ता दुर्गम क्षेत्रमा सञ्चार पहुँच कमजोर रहेको उल्लेख गर्दै विकास र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्