आजको मौसम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार यसको असरले देशका केही पहाडी क्षेत्रहरूमा आंशिक बदली र तराईका भू–भागमा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका केही स्थानहरूमा हल्का कुहिरो देखिन सक्ने बताइएको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायमै रहने पूर्वानुमान छ। तराईका केही क्षेत्रमा कुहिरो र हुस्सु लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी स्थानहरूमा भने मौसम खुला रहने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *