काठमाडौं – पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर-पश्चिम, गण्डकी, बाग्मति र प्रदेश नं. १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ।
शनिबार दिउँसो सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं. १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक रदुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातको समयमा सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक रदुई स्थानमा हल्का बर्षाको सम्भावना छ।
भोली (आइतबार) देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम र प्रदेश न. १ को पहाडी भूभागका एक रदुई स्थानमा हल्का बर्षाको सम्भावना छ।
त्यसैगरी रातको समयमा देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्रकुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्