काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा तराईका अधिकांश भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा साधारणतया बदली रहँदा तराई भूभागमा आंशिक बदली रहने छ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा, साथै लुम्बिनी प्रदेश लगायतका अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्