|
२०८२ चैत्र २६
काठमाडौं । राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।
त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो ।
पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम लगेको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्