|
२०८२ पुष २५
काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको पहिलो उम्मेदवार तय गरेको छ ।
इलाम क्षेत्र नम्बर १ बाट ज्वाला नेपाललाई राप्रपाले उम्मेदवार बनाउने टुंगो लगाएको हो ।
उनको नाम एकल सिफारिस भएर केन्द्रमा आएको थियो । सोही अनुसार, नाम टुंगो लगाएको राप्रपाका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
सूर्योदय नगरपालिका–८ घर भएकी नेपाल हाल त्रिभुवन विश्वविद्यालयमा एमफिल अध्ययनरत छिन् ।
२०७९ को निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्