सभामुखमा एमालेले किन दिएन उम्मेदवारी ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २०

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने बताए पनि अन्तिम समयमा पछि हटेको छ । सभामुखको निर्वाचनका लागि आज शुक्रबार दिउँसो २ सम्म मनोनयन दर्ताको समयमा उम्मेदवारी दिन नगएर एमाले पछि हटेको हो ।

यसअघि एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताएका थिए ।

‘विपक्षी कसैले उम्मेदवारी दिए समर्थन रहन्छ, यदि नभए एमाले नै उम्मेदवारी दिने महरले बताएका थिए । महरले एमाले सचिवालय बैठकमा सभामुख उम्मेदवारीबारे छलफल गर्ने समेत बताएका थिए । तर एमाले सचिवालय बैठक चल्दाचल्दै सभामुखको उम्मेदवारी दिने २ बजेसम्मको समय सीमा सकिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *