अरू दलका उम्मेदवारको पोस्टमा लाइक, कमेन्ट नगर्न कञ्चनपुरमा कांग्रेसको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २८

काठमाण्डौँ । नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता(कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।

‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्ताहरूलाई उम्मेदवारको पछि नलागेर आ–आफ्नो वडामा केन्द्रित भएर सक्रिय हुन पनि अनुरोध गरेको छ । आवश्यकता परेर अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भए पार्टीलाई जानकारी गरएर मात्रै जान पनि भनिएको छ ।

विज्ञप्तिमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो टोल, वडामा सकिय रूपमा परिचालन भएर पार्टीका पक्षमा जनमत सिर्जना गर्न पनि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *