सर्वसाधारणका घरमा नपस्न र कुनै क्षति नगर्न लडाकुहरुलाई तालिबान प्रवक्ताको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३२

काठमाडौं । अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा नपस्न निर्देशन दिएका छन् ।

जनताको घरमा अनुमति विना नजान र त्यहा कुनै पनि सामग्रीहरु नछुन उनले निर्देशन दिएको ट्वीटर मार्फत जानकारी गराएका छन् ।

सर्वसाधारणको सम्मानमा आँच आउने कुनै काम नगर्न निर्देशन दिदै उनले जनताको जीउधनको सुरक्षा गरिने बताएका छन् ।

काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। तर अरु क्षेत्रमा भने महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको तथा कुटपिट गरेको खबर आइरहेका छन्।

यद्यपि तालिबानले भने महिलाहरुलाई शिक्षादीक्षाको व्यवस्था मिलाउने, काम गर्न दिइने बताएका छन् ।

राष्ट्रपति असरफ घानीले देश छोडेर भागेसँगै तालिबानले राष्ट्रपति कार्यालय पनि कब्जा गरेको छ । अब अफगानिस्तासँग मिलेर संयुक्त अन्तरिम सरकार बनाउने तयारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *