काठमाण्डौँ । नेपाली फेसबुक प्रयोगकर्ताहरूले पछिल्ला केही दिनदेखि डबल ट्याप गर्दा लाइक हुने फिचर आएको भन्दै सामाजिक सञ्जालहरूमा पोस्ट समेत गरिरहेका छन् ।
पहिला फेसबुक पोस्टको सबैभन्दा तल बायाँतर्फ रहेको लाइक बटनमा थिचेर थम्स अप अर्थात् लाइक गर्न मिल्ने सुविधा थियो । अहिले भने पोस्टमा दुई पटक छिटो छिटो थिचेको भरमा नै लाइक हुने फिचर थपिएको छ ।
पोस्टमा अन्य रियाक्सन गर्नका लागि चाहिँ नयाँ फिचर राखिएको छैन । फेसबुकमा भएको लभ, हाहा, वाउ, केयर, स्याड र एङ्ग्री रियाक्ट गर्न पहिले जस्तै लाइक बटनमा केही समय थिचेर नै रियाक्ट गर्नुपर्छ ।
यस्तै फेसबुक रिल्स र भिडिओहरूमा पनि डबल ट्याप गरेर नै लाइक गर्न सक्ने सुविधा थपिएको छ ।
हाल यो फिचर फेसबुक एपमा देखिएको छ । अधिकांश प्रयोगकर्ताहरूले यो फिचर उपलब्ध भइसकेको बताएका छन् भने केही प्रयोगकर्ताहरूले भने आफ्नो एपमा उक्त फिचर उपलब्ध भइ नसकेको बताएका हुन् ।
यो नयाँ फिचर वेब भर्जनको फेसबुकमा भने छैन । यद्यपि इन्स्टाग्रामको वेब भर्जनमा पनि डबल ट्याप गरेर लाइक गर्न सकिने सुविधा उपलब्ध छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्