|
२०८२ मंसिर २५
काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग छलफल गर्दैछन् ।
प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया राखेको अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्दै छन् ।
बुधबार पोखरेलले पनि सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए । अध्यक्ष ओलीले आज आफूलाई प्रस्तुत गर्न लागेका हुन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र हुनेछ। बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तय गरिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्