×

सभामुखलाई अध्यक्ष ओलीले भने–सत्ता पक्ष भोलिसम्म निष्कर्षमा पुग्छ

बैशाख ३१, २०८१ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संबाद भएको छ । संसद गतिरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो ।

सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रमलाई सौहार्दपूर्ण बनाउन ओलीसँग आग्रह गरेका थिए । ओलीले गतिरोध अन्त्यका लागि भोलिसम्म सत्तापक्ष निष्कर्षमा पुग्ने आश्वासन दिएका थिए । ओलीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग यस विषयमा छलफल गरेका थिए ।

त्यस्तै संसदको गतिरोध अन्त्यका लागि सोमबार सभामुख घिमिरे सक्रिय बनेका थिए । उनले यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बाद गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: