×

ओली र माधवले फरक फरक दलको हैसियतले सम्बोधन गर्दै

भदौ ३, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विहिबार छुट्टाछुट्टै सम्बोधन गर्ने भएका छन् ।

औपचारिक रुपमा नेकपा एमाले विभाजन भएको दोस्रो दिन उनीहरुले आफ्ना धारणाहरु सुनाउन लागेका हुन् ।

अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् ।

त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । यसअघि एमाले वरिष्ठ नेताको हैसियतमा देखिने नेपाल आजबाट भने नेकपा एमाले समाजवादीको हैसियतमा सम्बोधन गर्न लागेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने कार्यक्रममा नेता नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले पनि सम्बोधन गर्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: