बुधबार भिम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् ।

आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

नेकपा एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।

एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा फर्किएनन् ।

आइतबार नेकपाका नेताहरूसँग रावलले वार्ता गरेका थिए । उक्त छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए ।

सोही अनुसार, आगामी कात्तिक २६ बुधबार उनी ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेकपामा समाहित हुन लागेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *