काठमाडौँ – नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरित निर्णय गरेको बताएका छन् ।
एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको शुक्रवार साँझ बसेको बैठकले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ ।
बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिएका छन् । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए । नेता रावलले भने, ‘एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया