एकीकृत समाजवादीमा जाने उद्देश्य छैन: भीम रावल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २५

काठमाडौँ : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आफू नेकपा एकीकृत समाजवादीमा नजाने दाबी गरेका छन्। प्रेस चौतारी अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफू एकीकृत समाजवादीमा जाने सोचमा नरहेको बताएका हुन्।

‘नेताहरूसँग कुराकानी हुनु स्वाभाविक हुन्छ। तर मैले कुनै पार्टी, नेकपा एकीकृत समाजवादीमा जाने उद्देश्य पनि छैन। उहाँहरूले भीम रावल ल्याउँछु भनेको कुरा उहाँहरूको होला,’ रावलले भने, ‘त्यसमा मेरो केही कुरा छैन।’

भीम रावललाई एकीकृत समाजवादीको सन्देश– पार्टीमा आउनुस्, अध्यक्षबाहेक जुनसुकै पद दिन्छौँ वार्ता कमिटीपछि अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्दा पनि आफूले उठान गर्दै आएको राजनीतिक विषय टुंगो नलागेको रावलको गुनासो छ। १०औँ महाधिवेशनमा अध्यक्षमा ओलीको इच्छाविपरीत प्रतिस्पर्धा गरेपछि एमालेमा रावल पाखा लगाइएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *