|
२०८२ कार्तिक २०
काठमाण्डौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाण्डौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्यालीसहित प्रदर्शन गरेको हो ।
काठमाण्डौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गरिएको नेकपाले जनाएको छ ।
सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्