विप्लव नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २६

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चीन लगायतका देशमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । गत मंगलबार (२३ पस) गएको भूकम्पबाट चीनमा मात्रै कम्तिमा १ सय २६ जनाको ज्यान गएको र हजारौंले घर गुमाएको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

उक्त भूकम्पबाट प्रभावित चीन, नेपाल, भारत, बंगलादेश र भुटानका सम्पूर्ण नागरिकप्रति दुःख व्यक्त गर्दै नेकपाले भनेको छ, ‘भूकम्पको शक्तिशाली पराकम्पन, भूकम्प गएको क्षेत्रको विशेषता, चिसोको प्रतिकूलताको कारण अझ बढि जटिलता थपिन सक्ने सम्भावना प्रति हामी चिन्तित पनि छौं ।’

पार्टीका अन्तर्राष्ट्रिय विभागका सचिव खगेश्वर सीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अन्त्यन्तै दुःखद् घडीमा हामी चिनीयाँ जनताको साथमा रहेको जानकारी गराउन चाहन्छौं ।’

नेकपाले चीन, चिनीयाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गर्दै प्रकोपमा परि ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *