×

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपासहित वाम शक्तिको प्रदर्शन

फाल्गुन २०, २०७८ | दाक्सु मिडिया

काठमाडौंः संसदबाट एमसीसी पारित भएसँगै वामशक्तिले सभाको आयोजना गरेका छन्। एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपासहित वाम दलले प्रदर्शन गरेका हुन्।

उनीहरुले एमसीसी राष्ट्रघाती र राष्ट्रिय स्वाधीनताविरुद्ध भएको भन्दै कार्यान्वयन हुन नहुने बताएका छन्। नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी)को  विशाल विरोधसभामा आयोजक ६ कम्युनिस्ट पार्टी र २ मोर्चाका शीर्ष नेतृत्वहरुले सम्बोधन गरिरहेका छन्।

हालै संसदबाट एमसीसी सम्झौता पारित भएपछि लामो समयदेखि एमसीसी सम्झौता खारेजीका लागि संघर्ष गर्दै आएका आठ दलले एमसीसीविरुद्ध चरणबद्धरुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: