एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ५

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन्।

केही दिनदेखि उच्च ज्वरो आएपछि भट्टराई शुक्रबार अस्पताल भर्ना भएका उनका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिएका छन्।

‘एमाले सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई विगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनु भएको थियो।’ उनले फेसबुकमा लेखेका छन्, ‘उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुभएको छ।’

डाक्टरको सल्लाह बमोजिम सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको उनले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *