|
२०७८ कार्तिक २५
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणना आजदेखि सुरू हुने भएकोले घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन्।
उनले गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन पनि आग्रह गरेका छन् भने सूचना गोप्य रहने पनि बताएका छन्।
राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा आज बिहान भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न सबैमा अपिल गरेका छन्।
आज राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले पनि राष्ट्रिय जनगणनाका लागि विवरण टिपाउने कार्यक्रम छ।
सरकारले आजदेखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना गर्दैछ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्