गठबन्धनमा दलहरूबीच समन्वय आवश्यक रहेको कांग्रेसको निष्कर्ष

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख ४

काठमाण्डौँ । सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको मात्रै कुरा लागू नहुनेबारे बैठकमा छलफल भएको महतले बताएका छन् ।

बैठकमा संगठन सम्बन्धी विविध विषयमा पनि छलफल भएको उनले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *